सुनकोसीमा जीप दुर्घटनामा बेपत्ता दुई जनाको शव फेला, नारायणीमा तीन जना बेपत्ता
सिन्धुलीमा सुनकोसीमा जीप खस्दा बेपत्ता भएका तीनमध्ये दुई यात्रुको शव फेला परेको छ। गैँडाकोटमा नारायणी नदीमा तीन जना बेपत्ता भएका छन्।
सिन्धुलीमा सुनकोसीमा जीप खस्दा बेपत्ता भएका तीनमध्ये दुई यात्रुको शव फेला परेको छ। गैँडाकोटमा नारायणी नदीमा तीन जना बेपत्ता भएका छन्।
मनसुनको बाढीले सर्लाहीको लखनदेही नदीको बाँध फुटाउँदा बस्तीहरू जलमग्न भएका छन् भने नारायणी नदीमा आएको कीर्तिमानी बाढीले भरतपुरको नदी किनारमा बनाइएको पर्यटकीय संरचना भत्काएको छ।
लगातारको वर्षाका कारण मौसममा सुधार आउनुअघि नारायणी र कालीगण्डकी नदी किनारका दर्जनौँ घर डुबानमा परेका छन्, मनाङमा हिमपहिरोमा परी मानवीय क्षति भएको छ र प्रमुख राजमार्गहरू अवरुद्ध बनेका छन्।
मनसुनी बाढीले बीपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनाएको छ भने कालीगण्डकी पुलको पहुँच मार्ग बगाएको छ। उता नारायणी नदीमा अड्किएको नेपालको पहिलो पर्यटकीय क्रुज पानीजहाज उद्धारका क्रममा पल्टिएको छ।
तपाईंले पछ्याएका समाचार, विषय र खण्डमा के अघि बढ्यो भन्ने दिनमा एक पटक, र तीमध्ये कुनै ब्रेकिङ भए तुरुन्तै। एक क्लिकमा रोक्न सकिन्छ।