धनुषा, सुनसरी र रौतहटमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
धनुषा, सुनसरी र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक चार वर्षीया बालिका, मोटरसाइकल चालक र ७२ वर्षीय पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
काभ्रेपलाञ्चोक र उदयपुरमा सुनकोशी नदीमाथिका पक्की पुल निर्माणमा ठेकेदारले वर्षौँसम्म ढिलासुस्ती गर्दा हजारौँ बासिन्दा जोखिमपूर्ण घुमाउरो बाटो प्रयोग गर्न र मौसमी रूपमा सम्पर्कविहीन हुन बाध्य भएका छन्।
धनुषा, सुनसरी र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक चार वर्षीया बालिका, मोटरसाइकल चालक र ७२ वर्षीय पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्गमा मंगलबार बिहान गुडिरहेको रात्रि बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा चार जना यात्रु घाइते भएका छन्।
हुम्लाको सिमकोटबाट जडीबुटी संकलन गर्न गएर एक सातादेखि सम्पर्कविहीन भएका १० जना सकुशल रहेको प्रहरीले सोमबार पुष्टि गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालयको ४३औँ सभाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड रुपैयाँको बजेट पारित गरेको छ। बजेटमा एआई पाठ्यक्रम, गोठगाउँमा स्वास्थ्य सेवा विस्तार र डिजिटलाइजेसनलाई प्राथमिकता दिइएको छ।
इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइपान) ले विदेशी सम्बन्धन प्राप्त कलेजहरूमाथि उठेका अपुष्ट दाबीहरूको खण्डन गरेको छ। संस्थाले कलेजहरूको कानुनी वैधता र आर्थिक योगदान प्रस्ट पार्दै विद्यार्थीलाई स्वदेशमै रोक्न अभियान पनि घोषणा गरेको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म प्राध्यापक तथा प्रशासनिक कर्मचारीहरूले लिएको अध्ययन बिदाको दुरुपयोग भए/नभएको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
अध्ययन बिदा सकिएपछि काममा नफर्किएका ७५ जना शिक्षक तथा कर्मचारीबाट त्रिभुवन विश्वविद्यालयले १६ करोड ५० लाख रुपैयाँ असुल गरेको छ भने थप २१ करोड ५० लाख रुपैयाँ असुली प्रक्रियामा रहेको छ।