समाज
सशस्त्र प्रहरीद्वारा काठमाडौंबाट पाँच विदेशी नागरिक पक्राउ
सशस्त्र प्रहरी बलले काठमाडौंमा गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा पाँच जना विदेशी नागरिकलाई सोमबार साँझ नियन्त्रणमा लिई अध्यागमन विभागमा बुझाएको छ। समाचारअनुसार, तीमध्ये एक जना बसेको कोठाबाट नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी फेला परेका छन्।


