सचिव बैठकले मन्त्रालयहरूलाई वार्षिक कार्ययोजना समयबद्ध रूपमा कार्यान्वयन गर्न निर्देशन दियो
सिंहदरबारमा बसेको सचिव बैठकले मन्त्रालयहरूलाई वार्षिक कार्ययोजना समयबद्ध रूपमा कार्यान्वयन गर्न, चाडपर्वमा बजार अनुगमन तीव्र बनाउन र एकल बिन्दु सेवा लागू गर्न निर्देशन दिएको छ।




