लक्ष्मी ल्युब आयलद्वारा पाँच शहरमा ७०० भन्दा बढी मेकानिक्सलाई प्राविधिक अन्तरक्रिया
नेपालका लागि TotalEnergies ल्युब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले देशका पाँच प्रमुख व्यापारिक केन्द्रहरूमा ७०० भन्दा बढी खुद्रा बिक्रेता, डिलर तथा निजी ग्यारेज मेकानिकहरूलाई समेट्दै देशव्यापी प्राविधिक कार्यशाला सम्पन्न गरेको छ। "रिटेलर एन्ड प्राइभेट ग्यारेज मेकानिक मिट २०२६" शीर्षकमा आयोजित उक्त कार्यक्रमहरू बिर्तामोड, इटहरी, विराटनगर, वीरगन्ज र चितवनमा सम्पन्न भएका हुन्। यस भेलामा प्राविधिकहरूसँग प्रत्यक्ष रूपमा अटोमोटिभ सर्भिसिङका चुनौतीबारे छलफल गरिएको थियो।




























































