मदन भण्डारी कप: पुलिस क्लब, खैरा र सभापोखरी सेमिफाइनलमा प्रवेश
बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, भारतको खैरा भलिबल क्लब पञ्जाब र सभापोखरी भलिबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्। मणिमुकुन्द भलिबल क्लबलाई पाँच सेटको खेलमा पराजित गर्दै नेपाल पुलिस क्लब समूह 'ए' को विजेता बनेको हो भने श्रीलंका पुलिस क्लबलाई हराउँदै खैराले दोस्रो स्थान पक्का गर्यो। यी हारसँगै पराजित दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्। समूह 'बी' बाट भने सभापोखरीले नेपाल एपीएफ क्लबमाथि ३-१ को जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ।





















