EMI क्यालकुलेटर
EMI क्यालकुलेटर
५० लाख
- साँवा
- ५०,००,०००
- कुल ब्याज
- ४१,७४,३७६
- कुल भुक्तानी
- ९१,७४,३७६
मासिक किस्ता (EMI): रु ३८,२२७. कुल ब्याज: रु ४१,७४,३७६.
वर्षअनुसार भुक्तानी
| वर्ष | साँवा | ब्याज | त्यसपछि बाँकी |
|---|---|---|---|
| वर्ष १ | १,२१,४६९ | ३,३७,२५० | ४८,७८,५३१ |
| वर्ष २ | १,३०,०१७ | ३,२८,७०२ | ४७,४८,५१४ |
| वर्ष ३ | १,३९,१६७ | ३,१९,५५२ | ४६,०९,३४७ |
| वर्ष ४ | १,४८,९६० | ३,०९,७५८ | ४४,६०,३८६ |
| वर्ष ५ | १,५९,४४३ | २,९९,२७६ | ४३,००,९४३ |
धेरै सोधिने प्रश्न
EMI कसरी निकालिन्छ?
घट्दो साँवामा: हरेक महिनाको ब्याज वार्षिक दरलाई १२ ले भाग गरेर बाँकी साँवामा लाग्छ, र किस्ताको बाँकी भागले साँवा तिर्छ। EMI = P × r × (1 + r)^n ÷ ((1 + r)^n − 1), जहाँ P कर्जा, r मासिक दर र n महिनाको संख्या हो। रु १० लाख १०% मा ५ वर्षका लागि मासिक रु २१,२४७ हुन्छ।
मैले कति कर्जा लिन सक्छु?
तपाईंले तिर्न सक्ने किस्ता EMI मा लेख्नुहोस्, त्यो दर र अवधिमा त्यसले तिर्ने कर्जा रकम आफैं बदलिन्छ। बैंकले पनि किस्तालाई आम्दानीको निश्चित भागसम्म सीमित गर्छ; आफ्नो बैंकलाई सीमा सोध्नुहोस्।
घट्दो साँवा र फ्ल्याट दरमा के फरक छ?
फ्ल्याट दरमा जति साँवा तिरे पनि पूरै अवधिभर पूरै कर्जामा ब्याज लाग्छ। रु १० लाखमा ५ वर्षका लागि १०% फ्ल्याट दरको ब्याज रु ५ लाख हुन्छ, घट्दो साँवामा १०% को रु २.७५ लाख। सम्झौता गर्नुअघि कुन दर हो सोध्नुहोस्।
कुन ब्याजदर राख्ने?
तपाईंको बैंकले दिएको दर। क्यालकुलेटर ६.८२% मा खुल्छ, जुन २०८३ भदौमा वाणिज्य बैंकहरूको घर कर्जाको औसत दर हो (नेपाल राष्ट्र बैंक)। बैंकले आधार दरमा प्रिमियम थपेर ब्याज तोक्छ, त्यसैले परिवर्तनशील दरको किस्ता आधार दर बदलिँदा बदलिन्छ।
EMI मा सेवा शुल्क र बीमा पर्छ?
पर्दैन। यो कर्जा र त्यसको ब्याज मात्र हो। सेवा शुल्क, मूल्यांकन शुल्क र बैंकले माग्ने बीमा छुट्टै तिर्नुपर्छ।