सामग्रीमा जानुहोस्

आयकर क्यालकुलेटर २०८३/८४

आयकर क्यालकुलेटर २०८३/८४

रोजगारीको आय
रु
रु

१२ लाख

रु
अन्य वार्षिक कट्टी
रु
रु
रु
रु

वार्षिक कर

रु३०,०००

मासिक
रु २,५००
प्रभावकारी दर
२.५%
करयोग्य आय
रु १२,००,०००

वार्षिक कर: रु ३०,०००. मासिक: रु २,५००.

कसरी निकालिन्छ

कसरी निकालिन्छआयकर
आय१२,००,०००
करयोग्य आय१२,००,०००
१० लाखसम्म १%अनुसूची-१, दफा १(१)(क)१०,००,०००१०,०००
१०–१५ लाख १०%अनुसूची-१, दफा १(१)(ख)२,००,०००२०,०००
१५–२५ लाख २०%अनुसूची-१, दफा १(१)(ग)००
२५–४० लाख २७%अनुसूची-१, दफा १(१)(घ)००
४० लाखभन्दा माथि २९%अनुसूची-१, दफा १(१)(ङ)००
वार्षिक कर३०,०००

आर्थिक ऐन, २०८३ (दफा ५७) ले संशोधन गरेको आयकर ऐन, २०५८। आर्थिक वर्ष २०८३/८४।

धेरै सोधिने प्रश्न

आर्थिक वर्ष २०८३/८४ मा तलबको आयकर कसरी निकालिन्छ?

वर्षभरिको आयबाट पहिले कट्टी घटाइन्छ, र बाँकी रकममा तहअनुसार कर लाग्छ: पहिलो १० लाखमा १%, १५ लाखसम्म १०%, २५ लाखसम्म २०%, ४० लाखसम्म २७% र त्यसभन्दा माथि २९%। कुनै कट्टी नभएको वार्षिक रु १२,००,००० आयमा रु ३०,००० कर लाग्छ, मासिक रु २,५००। यी तह आर्थिक ऐन, २०८३ (दफा ५७) ले संशोधन गरेको आयकर ऐन, २०५८ को अनुसूची-१ का हुन्।

आर्थिक वर्ष २०८३/८४ मा के बदलियो?

पहिलो तह ५ लाख (दम्पतीका लागि ६ लाख) बाट १० लाख पुगेको छ, सबैभन्दा माथिल्लो दर ३९% बाट २९% मा झरेको छ र दम्पतीलाई पनि एकल व्यक्तिकै तहमा कर लाग्छ। घर बीमा १०,००० सम्म (पहिले ५,०००) र सन्तानको शिक्षण शुल्कको २५%, बढीमा २५,०००, अब आयबाट घटाउन पाइन्छ।

आयबाट के के घटाउन पाइन्छ?

सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा तपाईं र रोजगारदाताको योगदान, बढीमा रु ५,००,००० वा आयको एक तिहाइ, जुन कम हुन्छ; जीवन बीमा रु ४०,०००, स्वास्थ्य बीमा रु २०,००० र घर बीमा रु १०,००० सम्म; सन्तानको शिक्षण शुल्कको २५%, बढीमा रु २५,०००; दुर्गम क्षेत्रमा काम गर्नेलाई वर्गअनुसार रु १०,००० देखि रु ५०,०००; र अपाङ्गता भएको व्यक्तिलाई रु ५,००,०००।

१% कर कसलाई लाग्दैन?

सामाजिक सुरक्षा कोषमा योगदान गर्नेलाई पहिलो १० लाखमा कर लाग्दैन, निवृत्तभरणको आय र दर्ता भएको एकलौटी फर्मलाई पनि लाग्दैन। पारिश्रमिक आय मात्र भएकी महिलालाई करमा १०% छुट हुन्छ।

मेरो रोजगारदाताले यति नै कर काट्छ?

रोजगारदाताले वर्षभरिको कर तलबबाट काट्छ, प्रायः हरेक महिना बाह्र भागको एक भाग, र तलब बदलिँदा मिलाउँछ। यो कानुनको मार्गदर्शन हो, कर निर्धारण होइन: निवृत्तभरण, व्यवसाय र लगानीको आय, औषधि उपचार खर्चको कर मिलान र २५% सपाट दरमा कर तिर्ने गैरबासिन्दा यसमा पर्दैनन्। तलबको विवरण हेर्नुहोस्, वा आन्तरिक राजस्व विभागमा सोध्नुहोस्।

प्रविधि

प्रधानमन्त्री बालेन शाहद्वारा नेपालको गेमिङ र आईटी क्षेत्रलाई बढावा दिने योजना सार्वजनिक

प्रधानमन्त्री बालेन शाहले नेपालका गेम डेभलपमेन्ट र आईटी कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सघाउन कर सहज बनाइने र नियमहरूको पुनरावलोकन गरिने बताएका छन्।

अर्थ

कम्पनी नवीकरण र कर छुटको म्याद सरकारद्वारा थप

म्यादभित्र विवरण बुझाउन वा नवीकरण गर्न नसकेका कम्पनीले अब पुस मसान्त (जनवरी १४, २०२७) भित्र विवरण बुझाई आर्थिक वर्ष २०८२/८३ को कर तिरेमा अघिल्ला कर, ब्याज र जरिबाना मिनाहा हुनेछ।

अर्थ

नेपाल आयल निगमद्वारा खाना पकाउने ग्यासको बिक्रीमा अनिवार्य भ्याट बिलको व्यवस्था

बिक्रेताले बिल नदिने र केहीले तोकिएभन्दा बढी मूल्य लिने गरेको गुनासो आएपछि नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई बिक्री हुने प्रत्येक सिलिन्डरमा भ्याट बिल दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।