प्रीति युनिकोड परिवर्तक
प्रीति युनिकोड परिवर्तक
धेरै सोधिने प्रश्न
प्रीतिलाई युनिकोडमा कसरी बदल्ने?
प्रीतिको पाठ प्रीति बाकसमा टाँस्नुहोस्, युनिकोड अर्को बाकसमा टाइप गर्दागर्दै देखिन्छ। बाकसमाथिको बटनले कपी गर्नुहोस्। उल्टो बदल्न युनिकोड बाकसमा टाइप गर्नुहोस् वा टाँस्नुहोस्।
प्रीति र युनिकोडमा के फरक छ?
प्रीति अंग्रेजी किबोर्डका अक्षरमा नेपाली अक्षर देखाउने फन्ट हो, त्यसैले प्रीतिको कागजातमा अंग्रेजी अक्षर नै सुरक्षित हुन्छन्, र फन्ट नभएको ठाउँमा (फोन, इमेल वा वेबमा) नेपाल “g]kfn” देखिन्छ। युनिकोडले नेपाली अक्षर नै सुरक्षित गर्छ, त्यसैले पाठ जुनसुकै उपकरणमा उस्तै पढिन्छ र खोज्न सकिन्छ।
प्रीतिको पाठ वर्डमा कसरी प्रयोग गर्ने?
प्रीति बाकसबाट कपी गरी वर्डमा टाँस्नुहोस् र फन्ट प्रीति छान्नुहोस्। प्रीति फन्ट नभएको कम्प्युटरमा अंग्रेजी अक्षर देखिन्छन्।
मेरो पाठ कतै पठाइन्छ?
पठाइँदैन। रूपान्तरण तपाईंकै ब्राउजरमा हुन्छ, टाइप गरेको वा टाँसेको केही पनि तपाईंको उपकरणबाहिर जाँदैन।
केही शब्द किन गलत आउँछन्?
प्रीतिको कागजातमा अंग्रेजीमा टाइप गरिएका शब्द र अंक नेपाली अक्षरमा बदलिन्छन्, र अरू पुराना नेपाली फन्टले फरक कुञ्जीमा अक्षर राख्छन्। प्रीतिको भाग मात्र बदल्नुहोस्, र पाठ प्रयोग गर्नुअघि नाम र अंक जाँच्नुहोस्।