सामग्रीमा जानुहोस्

आफ्नो राशि पत्ता लगाउनुहोस्

नामको पहिलो अक्षरबाट, वा जन्म मिति, समय र ठाउँबाट तपाईंको राशि।

नामबाट

तपाईंकै ब्राउजरमा गणना हुन्छ। केही पनि पठाइँदैन।

जन्म विवरणबाट

जन्मको बेला चन्द्र रहेको राशि, र समय थाहा भए लग्न।

गणनाका लागि एक पटक पठाइन्छ। कतै राखिँदैन, लग गरिँदैन।

स्थान: GeoNames (CC BY 4.0)

धेरै सोधिने प्रश्न

नामले राशि कसरी बताउँछ?

२७ नक्षत्रका चार-चार चरण हुन्छन्, र प्रत्येक चरणको आफ्नै अक्षर। जन्मको बेला चन्द्र रहेको चरणको अक्षरबाट बच्चाको नाम राखिन्थ्यो। नौ चरण मिलेर एउटा राशि बन्छ, त्यसैले नामको पहिलो अक्षरले राशि बताउँछ।

मेरो नाम दुई राशिमा किन देखियो?

अंग्रेजीमा लेख्दा त र ट, द र ड छुट्याउन सकिँदैन। नाम नेपालीमा लेख्नुहोस्, एउटै राशि आउँछ।

के तपाईंहरू मेरो जन्म विवरण राख्नुहुन्छ?

राख्दैनौँ। नाम तपाईंकै ब्राउजरमा गणना हुन्छ, कतै पठाइँदैन। जन्म विवरण गणनाका लागि एक पटक पठाइन्छ, कतै राखिँदैन, लग गरिँदैन। तपाईंले छान्नुभएको राशि यो ब्राउजरले सम्झन्छ, र साइन इन गरेर "मेरो खातामा राख्नुहोस्" थिच्नुभयो भने तपाईंको खाताले पनि: राशि, र भेटिएको भए नक्षत्र र चरण, जन्म विवरण कहिल्यै होइन।

जन्म समय किन चाहिन्छ?

चन्द्र करिब सवा दुई दिनमा एउटा राशि पार गर्छ। तपाईं जन्मेको दिन उसले राशि फेरेको भए समयले कुन राशि भनेर छुट्याउँछ। लग्न झन् करिब दुई घण्टामै फेरिन्छ।

राशिफल आस्था र परम्पराको विषय हो, सल्लाह होइन।