नुवाकोटमा बाढीबाट विस्थापित बालबालिकामा कुपोषणको जोखिम
भदौको बाढीबाट विस्थापित साना बालबालिकामा कुपोषणको जोखिम बढेको जानकारहरूले बताएका छन्; स्थानीय स्वास्थ्य निकायले उनीहरूलाई जोगाउन काम गरिरहेको जनाएका छन्।
भदौ (मध्य अगस्टदेखि मध्य सेप्टेम्बरसम्म) महिनामा भोटेकोशी र तल्लो त्रिशूली नदीमा आएको बाढीबाट विस्थापित साना बालबालिकामा कुपोषणको जोखिम बढेको जानकारहरूले बताएको बीबीसी न्यूज नेपालीले जनाएको छ।
आफ्नो 'हातेमालो' कार्यक्रममा बीबीसी न्यूज नेपालीले बाढीबाट विस्थापित मानिसहरूले त्यसयता धेरै कठिनाइ भोग्दै आएको र साना उमेरका बालबालिका अझ बढी जोखिममा परेको देखिएको बताएको छ। बालबालिकालाई जोगाउन स्थानीय तहका स्वास्थ्य निकायले काम गरिरहेको बताएका छन्।
कार्यक्रममा नुवाकोट जिल्लाको विदुर नगरपालिकाका जनस्वास्थ्य प्रमुख रामराजा भण्डारीसँग बालबालिकाले खेपिरहेको जोखिम र उनीहरूलाई जोगाउन सरकारी निकायले गरेको पहलबारे कुराकानी गरिएको थियो।